पोखरा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब अर्को गठबन्धन नबन्ने बताएका छन् । लमजुङमा भएको चुनावी सभालाई सम्बोधन गदैँ प्रचण्डले ओलीले धोका दिएकाले अब फेरी सहकार्य हुन नसक्ने बताए ।
प्रचण्डले चुनवा पछि पनि यही गठबन्धन रहने बताए ।
यो गठबन्धनलाई अब यही चुनाव सम्म मात्र हैन, कतीपयले भन्छन्, चुनवा पछि फेरी अकै हुन्छ की हुदैँन प्रचण्डले भने ।, जबसम्म यो देशमा संविधान, लोकतन्त्र, शान्ति र जनताको अधिकारमाथी चुनौती रहीरहन्छ, तवसम्म यो गठबन्धन पनि गइराख्छ, १०, १५, २० जाओस् ।
अब अर्को प्रयोग हुदैँन, कतिपयालाई लाग्छ प्रचण्डले फेरी के गर्छ पछि, मैले ज्ञान प्राप्त गरेर आएको छु केपी संग एकता गरेर, अब त्यो ज्ञान यताउती हुनेवाला छैन, अब यही गठबन्धनलाई लिएर जाने हो, प्रचण्डले भने ।
अब संविधान बन्या, केपी ओलीले पनि हस्ताक्षर गरे मानेछन्, बामपन्थी मिले हुन्छ भने म आफैले प्रस्ताव राखे । पसेको दिन देखि नै घोका, वेइमानी, षड्यन्त्र भयो । अबत सच्चिय होलान भनेको उनीत लुकेर बसेका रहेछन्, उनले त पावरमा आइसके पछि संविधान च्यात्ने, लोकतन्त्रलाई पनि लात्ताले हान्ने, सबै जनताले पाएको अधिकार खोस्ने र देशमा राज्य संयन्त्र कब्जामा लिएर देशमा हिटलरको जस्तो फासिजम चलाउने सोचेका रहेका छन्, हामीले त्यसको प्रतिकार गर्यौँ, प्रचण्डले भने ।













