ओलीले भने,‘प्रचण्डले जस्तो जनताको घाँटी रेट्ने काम गरेको छैन’

केन्द्रभाग मिडिया

कालिकोट ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले जनताको घाँटी रेट्ने काम गरेको आरोप लगाएका छन् । आज कालिकोटको रास्कोटमा चुनावी सभालाई सम्बोधन गर्दैै ओलीले यस्तो आरोप लगाएका हुन् ।

ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेपछि ताजा जनादेशका लागि जनताका चाहेको कुरालाई विरोधीले प्रतिगमन गरेको बताएका छन् । आफूले प्रतिगमन भन्दा रोक्न चाहेको बताउँदै उनले सरकारलाई सहज रुपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि संसद विघटन गरेको बताए ।

ओलीले भने, ‘प्रचण्डले अर्काको देशको हतियार ल्याएर नेपाली जनताको घाँटी रेट्ने काम गरेका छन्।मैले कहिलै प्रतिगमन गर्ने काम गगरिन, प्रतिगमनका विरुद्धमा लड्नु छ।’

 

  • २७ कार्तिक २०७९, आईतवार १४:३६ प्रकाशित