राजा फर्काउन चाहने र पृथकतावादी दृष्टिकोण राख्ने शक्तिसंग एमालेको मोर्चाबन्दी : श्रेष्ठ

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले नेतृत्वको गठबन्धनलाई प्रतिगामी मोर्चाको संज्ञा दिएका छन् । राजा फर्काउन चाहने र हिजो पृथकतावादी दृष्टिकोण राख्ने शक्तिसंग एमाले नेतृवको मोर्चाबन्दी रहेको श्रेष्ठले आरोप लगाए ।
पोखरामा भएको सत्ता गठबन्धन प्रचार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले मंसिर ४ को निर्वाचन दुइ मोर्चाबीच हुन लागेको बताए ।

दुइ पक्षको प्रतिप्रर्धा मात्र छैन अहिले, दुइटा प्रबृती र मोर्चाकाबीच प्रतिष्प्रर्धा छ, अर्को पनि गठबन्धन छ, जसले हिजो प्रतिगमन कार्य चाल्यो । श्रेष्ठले भने, जसले अहिले राजतन्त्र पुनःस्थापीत हुनुपर्छ भन्ने शक्तिसंग तालमेल गदैँछ, जो हिजो पृथकतावादी दृष्टिकोण राख्यो त्यो शतिmसंग पनि एक प्रकारको शहिसुणतासहित तालमेल गरेर अगाडी बढ्दैछ, त्यो मोर्चाको नेतृत्व नेकपा एमालेले गरीरहेको छ ।

यो निर्वाचन सामान्य लोकतान्त्रीक अभ्यास मात्र नभएर यसको ऐतिहासीक महत्व रहेको श्रेष्ठले बताए । यसलाई गम्भिरताका साथ बुझेर संविधान र लोकतन्त्रको रक्षा गदै देशलाई अगाडी बढाउन यो गठबन्धनलाई सफल पार्न आवश्यक छ, निर्वाचनमा पनि, श्रेष्ठले भने ।
प्रतिगामी खतराको घण्टी बजाउने मोर्चालाई परास्त गरेर संविधान, लोकतन्त्र र शान्तीका र प्रगतीका पक्षधरलाई विजयी गराउन देशव्यापी अभियानमा रहेको श्रेष्ठले बताए ।

  • २६ कार्तिक २०७९, शनिबार १२:५३ प्रकाशित