नेपालमा गठबन्धन बनाउने र कसलाई जिताउने भन्नेमा विदेशीको चासो र योजना रहेको लिंदेनको आरोप

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले ठुला दलहरु विदेशीको लागि सहज सरकार बनाउन हिडेको आरोप लगाएका छन् । पोखरामा भएको चुनावी सभालाई सम्बोधन गदैँ लिंदेनले नेपालमा कसको सरकार बनाउने भन्नेमा विदेशीहरुको चासो बढेको बताए ।

नेपाली जनताका लागि सरकार बनाउने हैन, छिमेकीका लागि सहज सरकार बनाउछु भनेर हिडिराखेका छन्, कम्फटेबल सरकार बनाउछु भनेर हिडिराखेका छन्, हाक्का हाक्की  हिडेर भनिरहेका छन्, हामी जनता मौन बसीरहेका छौँ, उनले भने ।

अध्यक्ष लिंदेनले नेपालका ठुला दलहरुले विदेशी हस्पक्षप निम्त्याएको आरोप लागाए । नेपालको प्रधानमन्त्री को हुनुपर्छ, नेपालको मन्त्री को हुनुपर्छ, आगामी चुनाव कुन–कुन दल मिलेर लड्नुपर्छ र कुन कुन राजनीतिक दलले चुनाव जित्नुपर्छ भन्नेमा अब विदेशीहरुको चासो र योजनाहरुको विषय बन्यो, उनले भने ।

दलहरुमा नेपाली जनताको आर्शीवाद लिन भन्दा पहिला विदेशीको आर्शीवाद लिने गरेको पनि लिंदेलले बताए । जसले प्रजातन्त्र ल्याए, लोकतन्त्र ल्याए, गणतन्त्र ल्याए भनेर भन्छ, ती पार्टीहरु विदेशीको साथ र समर्थन भएन भने विदेशीको आर्शीवाद भएन भने नेपालमा मन्त्री, प्रधानमन्त्री बन्न सकिदैन भन्ने अवस्थामा पुगे  । भैयो भने पनि टिक्न सकिदैन त्यसकारण विदेशीहरुकोे आर्शीवाद अनिवार्य हुन्छ भनेर नेपाली जनताको आर्शीवाद लिन भन्दा अगाडी विदेशीको आर्शीवाद लिन ताती लागेर जान्छन्, यसले हाम्रो देशको सुदुर भविष्य कता गइरहेको छ भन्ने प्रष्ट पार्छ, उनले भने ।

  • २५ कार्तिक २०७९, शुक्रबार १५:१० प्रकाशित