पोखरा ।
अभिनेत्री मनिषा कोइरालाले बिपीले देखाएको बाटो राजेन्द्र लिङ्देनले लिएको बताएकी छन् । राष्ट्रिय प्रजापन्त्र पार्टी कास्कीले पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गदैँ कोइरालाले बिपी कोइरालाको मेलमिलापको नीति राप्रपा अध्यक्ष लिंदेलले लिएको भन्दै आफु लिंदेललाई समर्थन गर्न आएको बताइन् ।
कोइरालाले राप्रपालाई मतदान गर्न पनि मतदातालाई आग्रह गरिन् ।
अरु सबैले वीपी बालाई विर्सेका होलान् तर, उहाँले विर्षनुभएको रहनेछ, बिपी बाले देखाएको बाटो राष्ट्रिय मेलमिलापको नीति लिंदेलले अगाडी बढाएकोे कोइरलाको भनाई थियो ।
राजा महेन्द्र र बिपी बामा एकदम राम्रो आदार भाव हुदाँ हुदैँ पनि देशले ठुलो अवसर गुमायो, किन भने उहाँ हरुले सहकार्य गर्न पाउनु भएन । अहिले फेरी राजा र पार्टीबीच सहकार्य गर्ने बेला आएको कोइरालाले बताइन् । दुइ मिनेटको छोटो मन्त्व्य राखेकी कोइरालाले लिंदेलले लिएको नीतिको समर्थन गदै जय नेपाल भनेर भनाई अन्त्य गरेकी थिइन् ।













