चुनाव अवज्ञा गर्न आह्वान गर्दै काठमाडौंमा जुलुश निस्कियो

केन्द्रभाग मिडिया

काठमाडौं, ।

मोहन बैद्य, धर्मेन्द्र बास्तोला, गोपाल किराँती नेतृत्वका कम्युनिष्ट पार्टीहरुले आगामी मंसिर ४ गतेको निर्वाचन अवज्ञा गर्न आह्वान गर्दै आज काठमाडौंमा जुलुश निकालेका छन् । जुलुशपछि आयोजित कोणसभामा मोहन बैद्यले सम्बोधन गरेका थिए ।

उनले अहिलेको सरकारले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुमाथि धरपकड गरिएको भन्दै आक्रोश पोखे । उनले प्रचण्डले प्रतिगमनविरुद्ध लड्ने भनेपनि अहिले आफ्ना कार्यकर्ताहरुमाथि गरेको दमन के हो ? भन्दै प्रश्न गरे ।

उनले अहिलेको सत्ता र संसदीय व्यवस्थाको विरुद्धमा लड्ने र नयाँ जनवादी सत्ता स्थापना गर्ने पनि घोषणा गरे । उनले मुलुकलाई समाजवादमा नपुर्याएसम्म समस्याको हल नहुने पनि जिकिर गरे । उनले अहिलेको निर्वाचन लोकतन्त्र भनिएपनि बास्तवमा यो निर्वाचन पैसातन्त्र भएको टिप्पणी गरे ।

  • २३ कार्तिक २०७९, बुधबार १८:०२ प्रकाशित