बागलुङमा निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिँड्ने तीन जना पक्राउ

केन्द्रभाग मिडिया

बागलुङ ।

बागलुङमा निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिँड्ने तीन जना नेता पक्राउ परेका छ । धम्रेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले ट्राफिक चोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गलकोट नगरपालिका १ का ४५ वर्षीय दलसिंह खत्री, ३५ वर्षीय हरि नेपाली र ४५ वर्षीय कृष्ण बहादुर कुँवर रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट निर्वाचन विरोधी पर्चा, पम्लेट र पोस्टर बरामद भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिएका छन् ।

  • २३ कार्तिक २०७९, बुधबार १५:५७ प्रकाशित