ओलीलाई प्रचण्डको चुनौती : भने, ‘आफै प्रधानमन्त्री बनेर देखाउनुस् ’

केन्द्रभाग मिडिया

दार्चुला ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक आफै प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् ।

बुधबार दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले तत्कालीन समयमा एकपटक आफुलाई प्रधानमन्त्री बनाइदिन आग्रह गरेपछि आफुले सहयोग गरेर दोस्रो पटक प्रधानमन्त्री बनाएको भन्दै अब आफै बनेर देखाउन चुनौती दिएका हुन् ।

प्रचण्डले ओलीलाई आफैंले प्रधानमन्त्री बनाए पनि उनले आफैले बनाएको संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको आरोप लगाए।

उनले भने– ‘तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउनुस् ।’प्रचण्डले ओली कायर मान्छे रहेको भन्दै चुनाव आएपछि दार्चुला आएर गोहीको आशु चुहाउने गरेको बताए ।

  • २३ कार्तिक २०७९, बुधबार १५:३० प्रकाशित