पोखरा ।
नेकपा एकिकृत समाजवादी(एस) पोखराः १७ का वडा सचिव रुद्रनाथ सुवेदी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले पोखरा १७ को निर्वाचन केन्द्रीत मंगलवारको विस्तारित बैठकमा उनी पार्टी प्रवेश गरेका छन् ।
उनलाई नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य मनुमाया खत्री र विद्याविमल बरालले खाँदा र टिका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।सो अवसरमा उनले एजेण्डा विहिन पार्टीमा भविष्य नदेखेपछि आफु पुरानो घरमा फर्किएको स्पष्ट पार्दै आगामी दिनमा कुनैपनि प्रलोभवनमा नलागि पार्टीको जिम्मेवार सिपाई भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा मंसीर ४ गते हुने निर्वाचनलाई व्यवस्थित बनाउनका लागि पार्टीका बिभिन्न्न १५ वटा टोलकमिटिलाई ६ भूगोलमार्पm घरदैलो र मतदाता शिक्षामा केन्द्रीत हुनका लागि पार्टीका सवै कमिटि, जनवर्गिय संगठनमा आवद्धलाई भूगोल केन्द्रीत हुन जिम्मेवारी वाँडफाँड गरिएको एमाले वडा अध्यक्ष ऋषव तिमिलाले जानकारी दिए ।












