ओली शासक निस्किए, त्यसैले गठबन्धन बन्यो : प्रचण्ड

केन्द्रभाग मिडिया

कालिकोट ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली शासक बनेपछि उनीविरुद्ध गठबन्धन बनेको बताएका छन् ।

कालिकोटको रास्कोटमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशलाई सहि मार्गमा अघि बढाउलान् भनेर प्रधानमन्त्री बनाइएको तर उनी शासक निस्किएको बताए ।

‘हामीले अघि सारेको प्रधानमन्त्रीले आर्जन गरेको उपलब्धिलाई अपहरण गर्ने काम गरे । ओलीको अहंकारी निर्णयविरुद्ध नै गठबन्धन बनेको हो,’प्रचण्डले भने,‘ संविधानको रक्षा, महिलाको हक अधिकारको रक्षाको लागि यो गठबन्धनलाई जिताउनुहोस्।’ प्रचण्डले देशलाई उल्ट्याउन चाहनेहरूको अर्को गठबन्धन बनेको भन्दै त्यसको विपक्षमा जनता उभिन आग्रह गरे ।

यस्तै ओलीले संविधान र संघीयतालाई अपहरण गर्ने काम गरेको प्रचण्डले आरोप समेत लगाए ।

  • २२ कार्तिक २०७९, मंगलवार १६:३७ प्रकाशित