गण्डकीका उर्जामन्त्री हरिशरण आचार्य बर्खास्त

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यलाई मन्त्री पदबाट बर्खास्त गरिने भएको छ ।गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् ।

गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन लागेका हुन् ।मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइएको छ ।

आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए ।आचार्यले भने आफूलाई मन्त्रीबाट हटाउनुपर्ने कुनै कारण नरहेको बताएका छन् । ‘म कुनै पार्टीमा लागेको छैन र मलाई हटाउनुपर्ने कुनै कारण पनि देख्दिन’ उनले भनेका छन् ।

उनले आफु २१ गतेबाट स्वतन्त्र रहेको र कसैको पक्षमा १ भोट नमागेको बताएका छन् । उनले भनेका छन् , ‘म अहिले स्वतन्त्र हो । मलाई कुनै पक्षपात छैन । कसैको चाकडी गरेर पदमा बस्ने रहर पनि छैन।

  • २२ कार्तिक २०७९, मंगलवार १४:२३ प्रकाशित