डेंगु संक्रमितको संख्याले ५० हजार नाघ्यो, ५५ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा डेंगु संक्रमितको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो समय थप ३ हजार ४९५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कूल डेंगु संक्रमितको सङ्ख्या ५० हजार २६३ पुगेको छ । गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ पुगेको थियो । यता यस रोगबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको छ ।

  • २१ कार्तिक २०७९, सोमबार १६:४७ प्रकाशित