काठमाडौं ।
पूर्वमन्त्री निलाम्बर आचार्यले राजनीतिक दलका प्रमुख नेताहरू उम्मेदवार भएको क्षेत्रमा निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
पूर्वमन्त्री आचार्यले प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँमा मतदाताले कर, बल र अनुचित प्रभाव बिना मतदान गरेको अनुभुति गर्न सक्नुपर्ने बताए ।
उनले प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँलाई निर्वाचनको स्वच्छताको मापदण्डको रुपमा प्रस्तुत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराए । उनले मतपेटिकाको सुरक्षाका लागि शतर्कता आवश्यक रहेको बताए।
पूर्वमन्त्री आचार्यले नागरिकहरूको सजगता र शतर्कताले आयोगलाई पनि सजग र शतर्क हुन मद्दत गर्ने बताए । उनले निर्वाचनको मौन अवधिमा बद्मासी हुनसक्ने भन्दै निगरानी गर्नुपर्ने बताए।
पूर्वमन्त्री आचार्यले कार्यान्वयन हुन सक्नेगरी मात्रै निर्वाचन सम्बन्धी कानून बनाउनुपर्ने बताए। उनले आचारसंहीतामा कतिपय कुराहरू अस्पष्ट रहेको भन्दै त्यसलाई पनि प्रष्ट पार्नुपर्ने बताए ।
















