पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले एकल बहुमत ल्याउने दावी गरेका छन् । पोखरामा भएको कास्की जिल्ला स्तरीय कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
ओलीले सर्वेक्षणका नाममा एमालेले कांग्रेसको हाराहारी सिट जित्छ भनेर भ्रम फैलाउने प्रयास भएको पनि बताए । अहिले गठबन्धन सर्वे भन्दै छुस्स छुस्स बाहिर ल्याइरहेको छ, यसले गरेको सर्वे, उसले गरेको सर्र्वेे र एमालेलाई कांग्रेसको हाराहारीमा देखाउन कोसिस भइरहेको छ, कांग्रेसको हाराहारीमा एमालेले भोट ल्याउछ भन्ने त्यो इम्प्रेसन दिन खोजिएको छ । त्यो कुरा गलत छ, नेकपा एमाले हैन कंग्रसका हाराहारी हैन एकल बहुमतको सरकार बनाउछ, उनले भने ।
ओलीले लिम्पियाधुराको जमिन वार्ता मार्फत फिर्ता ल्याउने पनि बताए् । कार्यक्रममा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लिम्पुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउने जवाफ दिदै उक्त कुरा बताएका हुन् । भेलालाई सम्बोधन गर्दै उनले गुमेको जमिन वार्ताबाटै मात्र फिर्ता ल्याउने बताए ।
ओलीले भने, ‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भने जवाफमा शेरबहादुर देउवाजीले बन्दुक लिएर सीमानामा जानु भन्नुभएछ,’ प्रचण्डको संगत गरेपछि देउवाले बन्दुकको भाषण गर्न थाल्नुभएछ । हामी बहुमतको सरकार बनाएर वार्ता मार्फत वार्तामार्फत भूमि फिर्ता ल्याउँछौं ।
ओलीले गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन भएको भन्दै प्रधानमन्त्रीका लागि तछाडमछाड गरेको आरोप लगाए । गठबन्धन सरकार दक्षिणपन्छी दिशामा हिँडेको उनले बताए । जनता गठबन्धनको प्रधानमन्त्री को हो भनेर जान्न चाहेको भन्दै ओलीले भने, गठबन्धनको प्रधानमन्त्री को हो ? ‘गठबन्धनका दलले फरक–फरक घोषणा पत्र सार्वजनिक गरेका छन् कसको घोषण पत्र कार्यान्वय गर्ने हो ?’ देशलाई विकासको बाटोमा लैजान अब सुद्धृढ र बलियो राष्ट्रय शक्ति आवश्यक रहेको र त्यो एमाले मात्र रहेको ओलीले दावी गरे ।













