पोखरा ।
निर्वाचन आयोगको निर्देशनपछि गण्डकी प्रदेश सरकारले यसअघि गरेको करको दर घटाउने निर्णय खारेज गरेको छ । निर्वाचन आयोगले प्रदेश सरकारलाई करको दर घटाउने निर्णय २४ घण्टाभित्र बदर गर्न १६ कात्तिकमा निर्देशन दिएको थियो ।
पत्र भने आइतबार बिहान ११ बजेमात्र प्रदेश सरकारले पाएको बताइएको छ । पत्र पाएलगत्तै आज(सोमबार)को मन्त्रिपरिषद् बैठकले निर्णय खारेज गरेको हो । यसबारेमा आयोगलाई सरकारले आजै जानकारी गराउने तयारी गरेको छ ।
प्रदेश सरकारले ७ असोजको मन्त्रिपरिषद् बैठकबाट करको दर घटाउने निर्णय गरेको थियो ।












