रुपन्देही ।
रुपन्देहीमा एक दम्पती आज बिहान मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देहीको देवदह नगरपालिका(५ पाल्पाली टोलमा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी ३२ वर्षीया श्रीमती हेमकला आज (सोमबार) बिहान मृत भेटिएको देवदह प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरीको अनुसार उनीहरुको शव घरभित्र चुकुल लगाएको अवस्थामा भेटिएको छ।
श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा र श्रीमान बोलिन्द्र पंखामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ। । वैदेशिक रोजगारबाट केही दिनअघिमात्र छुट्टीमा आएका बोलिन्द्रले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाको छ ।













