विप्लवसहितका तीन पार्टीको चुनाव विरोध सभा पोखरामा २८ गते

केन्द्रभाग मिडिया

पोखरा ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आगामी कार्तिक २८ गते पोखरामा विरोध सभा गर्ने भएको छ ।

विप्लवसहित संसद बाहिर भएका तीन पार्टीले चुनावी विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, ऋषि कट्टेल नेतृत्वको नेकपाले कात्तिक ३० गतेसम्मका चुनाव विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सो कार्यक्रम अन्तर्गत पोखरामा २८ गते, काठमाडौंमा २४ गते, बुटवल र इटहरीमा २६ गते, सुर्खेत र धनगढीमा ३० गते राजनीतिक सभाको रुपममा कार्यक्रम गर्ने भएका हुन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ वैज्ञानिक समाजवादीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ र नेकपा अध्यक्ष कट्टेलले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

यस्तै विरोध प्रदर्शन र कोणसभा कात्तिक २६ गतेदेखि २० गतेसम्म राखिएको छ ।

  • २० कार्तिक २०७९, आईतवार १५:१२ प्रकाशित