२ लाख ५० हजार उम्मेदवारको नाम नामावलीबाट हटाइयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटाएको छ । आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाइएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनपछि नाम हटाउन आयोगले गरेको परिपत्रबमोजिम २ लाख ३० हजार मृतक मतदाता र दोहोरिएका २० हजार गरी २ लाख ५० हजार मतदाताको नाम हटाएको जानकारी दिए ।

आगामी निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन् ।

  • २० कार्तिक २०७९, आईतवार १३:४१ प्रकाशित