प्रचण्डको निर्वाचन क्षेत्रमा कमाण्डर र सहकमाण्डर नियुक्त

केन्द्रभाग मिडिया

गोरखा ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

जसमा युवा नेतालाई जिम्मेवारी तोकिएको छ । उक्त क्षेत्रमा सुदीप नगरकोटी प्रमुख कमाण्डर तोकिएका छन् । नगरकोटी वाईसीएलका केन्द्रीय सचिव समेत हुन् ।

त्यस्तै प्रचण्डको क्षेत्रमा निर्वाचन परिचालन कमिटीको सहकमाण्डर धिरज उपरकोटी तोकिएका छन् । उनी पनि वाईसीएलका केन्द्रीय सदस्य तथा सहप्रवक्ता रहेको प्रचारप्रसार समितिले जनाएको छ ।

  • २० कार्तिक २०७९, आईतवार १०:४९ प्रकाशित