काठमाडौंबाट रुकुमका लागि छुटेको बस धादिङमा दुर्घटना

केन्द्रभाग मिडिया

पोखरा ।
काठमाडौंबाट रुकुमका लागि छुटेको बस धादिङको रोराङ गाउँपालिकामा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्याम बहादुर खत्रीका अनुसार बा ४ ख ५७९० नम्बर बस साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना भएको हो हो ।

बस सडकबाट २ सय मिटर तल खसेको प्रवक्ता खत्रीले जानकारी दिए। दुर्घटना १६ जना घाइते भएका छन् ।

घाइतेहरुलाई स्थानीय मेडिकल पठाइएको जिल्ला प्रहरी धादिङले जानकारी दिएको छ। प्रहरी चौकी जोगिमाराबाट खटिएको ७ जना, इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको १० जनाको टोली उद्धारमा खटिएको प्रहरीले जानकारी दिएको हो ।

 

  • १९ कार्तिक २०७९, शनिबार २१:०८ प्रकाशित