गण्डकी बहुप्राविधिक शिक्षालयको मैत्रीपुर्ण भलिवल र १०० मि. दौड सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी बहुप्राविधिक शिक्षालय, भण्डारढिकमा शिक्षालयको सेमेस्टर स्तरिय मैत्रीपुर्ण भलिवल प्रतियोगिता र १०० मि. दौड प्रतियोगिता सम्पन्न भएको छ ।

शिक्षालयमा अध्ययनरत सिभिल, अटोमोवाइल र जियोमेटिक्स इन्जिनियरिङ्ग प्रथम, दोस्रो र चौथो सेमेस्टर विचमा आयोजना भएको मैत्रीपुर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको हो । अतिरिक्त क्रियाकलाप अन्तर्गत तीन दिन सम्पन्न हुने कार्यक्रमको दोस्रो र तेस्रो चरणमा सो प्रतियोगिताहरु सम्पन्न भएका हुन ।

कार्यक्रममा पहिलो सेमेष्टरदेखि चौथो सेमेष्टरका विद्यार्थीहरूको सहभागिता रहेको शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारीले जानकारी गराए । कुल १९ जना प्रतिस्पर्धी रहेको १०० मिटर दौड कार्यक्रमको महिला तर्फको दौड प्रतियोगितामा ममिता वि.क. ले प्रथम स्थान प्राप्त गरेकी थिइन् भने पुरुष तर्फ सुर्यमान गुरुङ्गले प्रथम स्थान हासिल गरेका थिए ।

त्यसैगरी मैत्रीपुर्ण भलिवल प्रतियोगितामा प्रथम वर्ष दोस्रो सेमेस्टरको टिम प्रथम भयो भने प्रतियोगिताको म्यान अफ दि म्याच विधान आचार्य भएका थिए भने वेस्ट स्पाइकर प्रदिप सुवेदी भएका थिए ।

कार्यक्रममा बोल्दै शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले पनि आफूलाई वौद्धिक र शारीरिक रुपमा सक्षम बनाउदै आफ्नो व्यक्तित्व विकास गर्दै लैजानुपर्ने धारणा राखेका थिए ।

सो प्रतियोगितामा मुख्य रेफ्रीको रुपमा मनोज पौडेलको र खड्ग बहादुर गुरुङ्ग रहनु भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारीले गरेका थिए ।

  • १८ कार्तिक २०७९, शुक्रबार १६:१० प्रकाशित