काठमाडौं ।
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज प्रतिवद्धतापत्र सार्वजनिक गर्दैछ ।
आम निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेको बेला पहिलोपटक निर्वाचनमार्फत आफ्नो जनमत परीक्षणको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आज वाचा पत्र सार्वजनिक गर्न लागेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी यसपटक प्रदेश सभाको चुनावमा भने बहिष्कार गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले हुन नसक्ने वाचा होइन भन्दै गर्न सक्ने र गर्नैपर्ने वाचापत्र सार्वजनिक गर्न लागेको बताएको छ ।













