यी तीन कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीन कम्युनिस्ट पार्टीले आगामी मंसिर ४ मा हुन गइरहेको आम निर्वाचन बहिष्कार गर्ने भएका छन् ।

बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने जानकारी दिएका हुन् ।

उनीहरुले निर्वाचनको प्रचारप्रसारमा अवरोध पुर्याउने बिथोल्ने तयारी गरेका छन् । यता गृहमन्त्रालयले चुनावमा सहभागी नभए पनि चुनाव बिथोल्ने अधिकार कसैलाई नभएको भन्दै चेतावनी दिएको छ।

  • १७ कार्तिक २०७९, बिहीबार ०८:५९ प्रकाशित