काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संरक्षणको जिम्मेवारी नेकपा माओवादी केन्द्रको भएको बताएका छन् ।
लामो संघर्षपछि बनेको ओवादी गोरखा-काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको संरक्षण गर्ने मुख्य जिम्मेवारी माओवादी केन्द्रकै भएको दाबी गरेका हुन् ।
उनले संविधान परिमार्जन गरेर अघि बढ्नुपर्ने बताए ।उनले भने, ‘संविधानका कयौँ प्रावधान छन् । त्यसका कारण हामीले राजनीतिक स्थिरता पनि कायम गर्न नसक्ने, भ्रष्टाचार नियन्त्रण गर्न पनि नसक्ने अनि जनतालाई सर्वसुलभ हुने किसिमको निर्वाचन प्रणाली नहुँदा श्रमजीवि वर्ग निर्वाचनमा प्रतिस्पर्धा गर्न पनि नसक्ने यस्ता कयौँ कुराहरु छन् ।’
उनले संविधानमा संरचनागत सुधार गर्न भएको बताए ।













