ओलीले ‘फिङ्गगर स्क्यान’ गर्दै सार्वजनिक गरे घोषणापत्र

केन्द्रभाग मिडिया

काठमाडौं

नेकपा एमालेले डिजिटल माध्यमबाट चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘फिङ्गर स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एमालेले घोषणापत्र सार्वजनिक गर्दा प्रविधिमा जोड दिएको छ । आसन्न मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै डिजिटल अनावरणसँगै सूर्य चिन्हमा किन मतदान गर्ने किन नगर्ने भन्ने प्रश्नको जवाफसहित एमाले सरकारका उपलब्धिको श्रव्यदृष्य सार्वजनिक गरिएको छ ।

घोषाणापत्रमा २० हजार शब्द रहेको एमालेले जनाएको छ ।

  • १५ कार्तिक २०७९, मंगलवार १४:५२ प्रकाशित