लमजुङमा देव गुरुङलाई समर्थन गर्दै कांग्रेस बीपीका पौडेलले लिए उम्मेदवारी फिर्ता

केन्द्रभाग मिडिया

लमजुङ ।

लमजुङमा गठबन्धबाट उम्मेदवार बनेका माओवादीका देवप्रसाद गुरुङलाई समर्थन गर्दै कांग्रेस बीपीका उम्मेदवार डा.लक्ष्मीकान्त पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् ।

आइतबार बेंसीशहरमा पत्रकार सम्मेलन गर्दै उनले गठबन्धनबाट माओवादी उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गर्ने जनाएका हुन् । गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरी प्रतिगमनकारी शक्तिलाई परास्त गर्न उम्मेदवारी फिर्ता लिएको पौडेलले बताए ।

यद्यपि, निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवार फिर्ता नभएकाले उनको उम्मेदवारी कायमै रहनेछ ।

 

  • १४ कार्तिक २०७९, सोमबार १०:१६ प्रकाशित