प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : एपीएफसँग आर्मी पराजित

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन आर्मी क्लबलाई ५६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।त्रिवि क्रिकेट मैलानमा एपीएफले दिएको २२० रनको लक्ष्य पछ्याएको आर्मी ३२।१ ओभरमा १६३ रन बनाएर अलआउट भयो ।

आर्मीका लागि हरि चौहानले सर्वाधिक ६५ रनको योगदान गरे । रोहित पौडेल ५१ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।एपीएफका अमर रौतेलाले सर्वाधिक ४ विकेट लिए । कमलसिंह ऐरीले ३ र किशोर महतोले २ विकेट लिए ।

  • १३ कार्तिक २०७९, आईतवार १६:५० प्रकाशित