एमाले गण्डकीको प्रतिवद्धता : ‘सुरुङ मार्ग निर्माण,एक घर एक रोजगारी’

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटिले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०६९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर कमिटिले प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य जगत विश्वकर्मा उपस्थिति थिए ।

प्रतिवद्धता पत्रमा सुशासन, समृद्ध र समाजवादको आधार गण्डकी प्रदेशमा एमालेको सरकार नारा दिइएको छ । संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ नेतृत्वको सरकारले थालनी गरेका कामलाई पूर्णता दिने गरी प्रतिवद्धता पत्र तयार गरिएको मस्यौदा समितिका संयोजक धनञ्जय दवाडीले जानकारी दिए ।

एक घर एक धारा, गण्डकी प्रदेश उज्यालो प्रदेश, मुख्यमन्त्री जालवायु मैत्री कृषि गाउँ, एक निर्वाचन क्षेत्र एक सडक जस्ता प्रारम्भ भएका कार्यक्रमलाई निरन्तरता र पूर्णता दिनका लागि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार बनाउन आम मतदाताकोमा जाने दवाडीले बताए ।

यस्तै, युवाका लागि पढाई, कमाइ र दबाईका लागि प्राविधिक शिक्षा तथा व्यवसायीक तालिमका लागि उत्प्रेरित गर्ने कार्यक्रम ल्याइएको छ । एक घर एक रोजगार, स्थानीय सडक तथा राजमार्गको दूरी छोट्याउन छोटो दुरीका सुरुङमार्ग निर्माण गर्ने, एक हजार डाक्टर, एक हजार नर्स र एक हजार जनस्वास्थ्य अधिकृतको जनशक्ति गरी नागरिकलाई निःशुल्क र गुणस्तरीय स्वस्थ्य सेवा दिइने प्रतिवद्धा पनि गरिएको छ ।

गण्डकी प्रदेशमा १४ प्रतिशत गरीवीका रेखा मुनी रहको जनसंख्यालाई पहिचान गरेर परिचय पत्र दिएर सुविधा दिने प्रतिवद्धता पत्रमा समेटेको गरेको छ । प्रदेश अनुसन्धान व्यूरो गठबन, एक निर्वाचन क्षेत्र एक नमुना विद्यालय बनाउने प्रतिवद्धा एमालेको छ । शिक्षा र स्वास्थ्यलाई राज्यको दायीत्वको रुपमा लिइने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

 

  • १३ कार्तिक २०७९, आईतवार १०:३९ प्रकाशित