नोभेम्बरदेखि अस्ट्रेलियाले भिसा दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

अस्ट्रेलियन सरकारले आगामी महिनाबाट कामदारका लागि भिसा दिने भएको छ । अस्ट्रेलियन सरकारले कृषि कामदार भिसा जारी गर्ने भएको हो ।

अस्ट्रेलियामा कृषि क्षेत्रमा मजदुर अभाव भएको भन्दै सरकारले आगामी नोभेम्बरदेखि कृषि कामदार भिसा जारी गर्न लागेको हो। अष्ट्रेलियन सरकारले अहिले ५५ हजार कृषि कामदारको खाँचो रहेको जनाएको छ। ग्रामिण कृषि क्षेत्रमा काम गर्न ३ वर्षका लागि प्रवेशाज्ञा दिने भएको छ।

यसका लागि छिमेकी मुलुकलाई प्राथमिकता दिने भए पनि कुन–कुन देशबाट ल्याइने भन्ने निर्णय भएको छैन। यसका लागि क्वारेन्टाइनलगायतका स्वास्थ शर्तहरू भने लागू हुनेछन्।

यो भिसा नीति आगामी सेप्टेम्बर ३० देखि लागू हुने सरकारले घोषणा गरे पनि यसको स्वरूपका बारेमा सम्वन्धित संघ संस्था र विज्ञको सल्लाहमा तयार पारिने भएको छ। यो वर्षको अन्तिम महिना अर्थात डिसेम्बरदेखि २०२२ को मार्चसम्ममा पहिलो फेजमा कृषि कामदार भित्र्याउने योजना बनाइएको सरकारले बताएको छ।

  • १८ आश्विन २०७८, सोमबार १५:१६ प्रकाशित