एमाले फर्किए नेकपा एकीकृत समाजवादी कास्कीका सचिव नेपाली

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली नेकपा एमालेमै फर्किएका छन् ।

नेकपा एमाले निकट उत्पीडित जातीय मुक्ति समाज, निर्वाचन परिचालन उपसमिति कास्की २ ले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा नेपालीले आफू एमालेमा फर्केको घोषणा गरेका हुन् । उनलाई एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्ने कार्यक्रममा नेपालीले नेकपा एकीकृत समाजवादी पार्टी नेपालमै नरहने उद्घोष गरे । ‘१ वर्षमा धेरै बुझेँ, भोगेँ । अब त्यो पार्टी (एस) रहन्नँ । नेपालमै रहन्न । जो गठबन्धनबाट जित्छन्, तिनीहरू मात्र रहनेछन् ।’ उनले भने ।

पार्टीमा स्वागत गर्दै एमाले केन्द्रीय सदस्य कृष्ण थापाले हर्षित बनेको बताउँदै बाहिर रहेका सबैका लागि ढोका खुला रहेको र विशाल हृदयले स्वागतका लागि आतुर रहेको बताए । सबै एक भएर सूर्य चिन्ह बाहक उम्मेदवारलाई भारी मतले जिताउनुपर्ने पनि थापाले बताए ।

  • १२ कार्तिक २०७९, शनिबार १४:३७ प्रकाशित