पोखरा ।
रुबिना क्षेत्रीकोे ह्याट्रिक संगै पाहुना टोली एमसिसी विरुद्धको मैत्रीपूर्ण म्याच क्यान–११ ले जितेको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको टि–२० प्रतिष्पर्धामा क्यान ११ले २१ रनले जित हासिल गरेको हो । क्यान ११ लागि रुविना क्षेत्रीले ह्याट्रिक सहित ५ विकेट हात पारे पछि अनुभवी मानिएको एमसीसीले पोखरामा हार व्योहर्नु परेको हो । रुविनाले २ं।५ ओभरमा १० रन खर्चिदैं ह्याट्रिक संगै ५ विकेट हात पार्दा क्यान ११ विरुद्ध जितका लागि १ सय रन लक्ष्य पछ्याएको एमसीसी सबै विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो ।
रुविनाले व्यक्तिगत स्पेलको तेश्रो तथा खेलको १९ औं ओभरमा लगातार चार जना खेलाडीलाई मैदान बाहिर पठाएकी थिइन । रुविनाले अमन्दा पोटगिजर, रिया रावल, शारा क्रे, इशाबेली गुर्नीलाई लगतार आउट गरेकी थिइन ।
क्यान–११ ले पहिलो व्याटिङ गर्दै ९ विकेटको क्षतीमा ९९ रन बनाएको थियो । क्यान–११ का लागि काजल श्रेष्ठले २, सिता राना मगरले १०, सम्झना खड्काले १७, रुविना क्षेत्रीले १, नेरी थापाले १८, सुमन खतिवडाले १६, कविता कुंवरले १७, अस्मिना कर्माचार्य नटआउट रहँदै २ रनको योगदान दिएका थिए । इन्दु वर्मा र रोमा थापाले भने कुनै रन जोड्न सकेनन् ।
एमसिसीका लागि रिया रावलले आफ्नो ४ ओभरको स्पेलमा १७ रन दिएर २ विकेट, रिचेल पोटरले ४ ओभरमा १४ रन खर्चिदैं ३, अमन्दा पोटगिजरले २ र एलिसा हुवार्डले १ विकेट लिएका थिए ।
क्यान विरुद्ध जवाफी व्याटिङमा उत्रिएको एमसीसीले पहिलो ओभरमा नै आफ्ना ओपनिङ व्याटर गुमाउन पुग्यो । ओपनरद्वय मिया रोर्जस र राचेल पोटरलाई कविता कुंवरले शुन्य रनमा पेभिलियन पठाए पछि एमसीसीको जितको लक्ष्य भेट्टाउन सकेन । खेलमा निकै खराव पदर्शन गरेको एमसीसीका लागि एलिसा हुवार्डले नट आउट रहँदै २८ बलमा २० रन, अवि ह्वाइव्रोले ३४ बलमा १९, जेनी किटजिङरले १५ बलमा १४ रन, अमन्दा पोटगिजरले १६ वलमा १२ रन जोडेका थिए ।
यता नेपालका लागि कविता कुंवरले ४ ओभरमा १ मेडनसहित ९ रन दिंदै २ विकेट हात पार्दा, नेरी थापाले समेत ४ ओभरमा ९ रन दिंदै समान २ विकेट हात पारिन् । त्यस्तै सिता राना मगरले ४ ओभरमा १९ रन दिंदै १ विकेट प्राप्त गरिन् ।
खेलमा ५ विकेट हात पारेकी रुविनालाई पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले म्यान अफ दिम्याचको ट्रफी वितरण गरेका थिए ।