भीम रावलको प्रश्न : शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला ?

केन्द्रभाग मिडिया

File Photo

पोखरा।

नेकपा (एमाले)का नेता डा. भीम रावलले निर्वाचन आयोगप्रति प्रश्न उठाएका छन्।

नेता रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत् व्यंग्य गर्दै आयोगलाई सोधेका छन्, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले शीर्ष ठानेका नेताहरूलाई अहिले नै विजयी घोषणा गरिदिए कसो होलारु यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ।’

आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरूद्ध रहेको रावलको दाबी छ।

  • ९ कार्तिक २०७९, बुधबार १२:०७ प्रकाशित