आगामी निर्वाचनमा यी नागरिक मतदानका लागि लाइन बस्नु नपर्ने (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्राथमिकताका आधारमा मतदानको व्यवस्था गर्ने भएको छ ।

मतदानका लागि लामो समय लाइनमा बस्न नसक्ने मतदातालाई सहज वातावरण प्रदान गर्न आयोगले लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्नेको सूची तयार पारेको छ ।

जसअन्तर्गत आयोगले गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपांगता भएका व्यक्त तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था गरेको जनाएको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने भएको मतदाताको हकमा निजको एकाघर परिवारको सदस्यलाई आफूसँगै मत संकेत गर्ने गोप्य कक्षमा मतदान अधिकृतको अनुमतिमा लैजान सकिने र सो नभएमा मतदान अधिकृतको सहयोग लिन सकिने व्यवस्था आयोगले मिलाएको छ ।

  • ८ कार्तिक २०७९, मंगलवार १४:०० प्रकाशित