पोखरा ।
कास्कीका प्रतिनिधि सभा तर्फका तीन निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका तीन दलले एक एक सिट भाग लगाएका छन् । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, २ मा नेकपा एकिकृत समाजवादी र ३ मा नेकपा माओवादी केन्द्रले गठबन्धनका साझा उम्मेदवार उठाएको छ ।
क्षेत्र नम्बर २ गठबन्धनको जितका लागि सबैभन्दा चुनौती भएको क्षेत्र हो । विगतका निर्वाचनमा सो क्षेत्र नेकपा एमालेका नेता रविन्द्र अधिकारीले जित्दै आएको क्षेत्र हो । अधिकारीको निधन पछि पनि उनकी श्रीमती विद्या भट्टरइले उपनिर्वाचन जितेकी थिइन् ।
एमालेको गढ क्षेत्रमा कांग्रेसका बागी उम्मेदवार खडा भए पछि एकिकृत समाजवादीलाई टाउको दुखाई भएको छ । पूर्वमन्त्री समेत रहेका महादेव गुरुङले कास्की २ मा बागी उम्मेदवारी दिएका छन् । गुरुङ कांग्रेसका कास्कीका शिर्ष नेता मानिन्छन् । एमालेको निरन्तरतालाई तोड्ने गठबन्धनको योजनामा गुरुङको उम्मेदवारी टाउको दुखाई बनेको छ ।
गुरुङलाई सभापति शेरबहादुर देउवाले फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरे पनि मानेन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटेरै सहयोग गर्न आग्रह गरे । तर उनी टसमस भएनन् ।
आफु वागी उम्मेदवार नरहेको बताउने गुरुङ कांग्रेसको विद्रोही उम्मेदवार भन्न रुचाउछन् । तीनै गुरुङसंग साबधान खबर डटकमले गरेको भिडियो संवाद ।













