मंसिर ४ गते ठुलो संग्राम हुँदैछः प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन संग्रामको रूपमा हुन लागेको बताएका छन्। विराटनगरमा आज आयोजित सत्ता गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले यो निर्वाचनमा दुई फरक–फरक प्रवृत्तिबीच प्रतिस्पर्धा हुन लागेको समेत बताए ।

अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनपछि संविधान निर्माण भएको र अहिले गोरू गाडावालाले टाउको उठाउन खोजेको आरोप लगाए।

‘यो गठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन हो । अर्को गठबन्धन गोरूगाडावाला गठबन्धन हो । त्यसकारण मंसिर ४ गते एउटा ठूलो संग्राम हुँदैछ’ उनले भने । ‘यो गठबन्धन नबनाएको भए शेरबहादुरको नेतृत्वमा सरकार पनि बन्दैनथियो । स्थानीत तहमा यो परिणाम आउँदैनथियो’।

विस्तृत शान्ति सम्झौता र संविधान रक्षाका लागि काँग्रेससहितको गठबन्धन निर्माण गरिएको उनले बताए । ओलीले धोका दिएपछि आफूले ज्ञान प्राप्त गरेको बताउँदै प्रचण्डले सहमति, सहकार्यको संस्कृति निर्माण शान्ति सम्झौतापछि भएकोले एकअर्कालाई सहयोग गर्न कार्यकर्तालाई आग्रह पनि गरे ।

  • ५ कार्तिक २०७९, शनिबार १४:३७ प्रकाशित