पोखरा ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बचाउने महान उदेश्य लिएर गठबन्धन निर्वाचनमा आएको बताए । पोखरामा भएको पाँच दलीय गठबन्धनको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता पौडेलले राष्ट्र जोगाउन, राष्ट्रलाई सवल बनाउन, लोकतन्त्र र परिवर्तनलाई बचाउन गठबन्धन भएको दावी गरे ।
पौडेलले भने, ‘किन मिले कांग्रेस र कम्युनिष्ट’ यो कुरा जनतालाई बुझाउनोस्। आफ्ना आफ्ना पार्टीका सिद्धान्त भए पनि साझा मुद्धामा गठबन्धनका दलहरु एक भएको उनको भनाई थियो ।
गठबन्धनलाई सफला बनाउन स्थानीय स्तरदेखी समझधारी बनाएर गठबन्धनका उम्मेदवरालाई जिताउन लाग्नुपर्ने पौडेलले बताए ।
नेपालालाई संकटबाट जोगाउन अरु कुरालाई विर्सेर महान लक्षलाई अगाडी राखेर अगाडी बढेन नेता कार्यकर्तालाई नेता पौडेलले आग्रह गरे ।













