गठबन्धन दलहरुले आज पोखरामा चुनाव लक्षित प्रशिक्षण भेला गर्दै

केन्द्रभाग मिडिया

पोखरा ।
सत्तारुढ गठबन्धनले आज पोखरामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । देशभरका सात मुख्य शहरमा कार्यकर्ता प्रशिक्षण भेला गर्ने कार्यतालिका अनुरुप आज पोखरामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुनेभएको हो ।

पोखरा सभागृहमा आज ११ बजे गठबन्धनको कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखिएको नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमालले जानकारी दिए ।

कार्यक्रमलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादी कास्कीका उपाध्यक्ष पूर्ण लामाले जानकारी दिए ।

उनका अनुसार प्रशिक्षणमा गण्डकी प्रदेश कार्यक्षेत्र भएका पार्टी केन्द्रीय सदस्यहरू, प्रदेश समिति सदस्यहरू, प्रदेशका सबै जिल्ला पदाधिकारीहरू, पार्टीको केन्द्रीय भूमिकामा रहेका पदाधिकारी तथा सदस्यहरू सहभागीता रहनेछ ।

  • ४ कार्तिक २०७९, शुक्रबार ०७:३६ प्रकाशित