एक दिनमै १७ सय १४ डेंगुका बिरामी थपिए, एकजनाको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।
डेंगु संक्रमणबाट मंगलबार एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४९ पुगेको छ।

आज एकै दिन १ हजार ७१४ जना डेंगुका बिरामी थपिएका छन्। सोमबारसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ४८ जना थियो भने कुल बिरामी ४० हजार २९ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख थियो।

गत साउनदेखि हालसम्म ४१ हजार ७ सय ४३ जना डेंगुका बिरामी भएको मन्त्रालयले जनाएको छ। ७ वटै प्रदेशका ७७ वटै जिल्ला डेंगु फैलिएको मन्त्रालयले जनाएको छ।

 

  • १ कार्तिक २०७९, मंगलवार १७:५० प्रकाशित