पछिल्लो २४ घण्टामा १४०५ जना डिस्चार्ज, थपिए ६७९ संक्रमित

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४०५ संक्रमित जना डिस्चार्ज भएर घर फर्केका छन् । पछिल्लो समय संक्रमणदर घटिरहेको छ भने निको हुनेहरु बढिरहेका छन् । यस्तै २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो तथ्यांक अनुसार देशरभ कोरोना संक्रमणका कारण ७ जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाबाट नेपालमा ११ हजार १ सय ६४ जनाको मृत्यु भइसकेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ४ रहेको छ ।जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा र १२७० जना संस्थागत आइसोलेसनमा छन् ।

अहिलेसम्म ६३ लाख ५२ हजार ३ सय २२ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण डोज खोप लगाएका छन् । पहिलो डोज खोप लगाउनेको संख्या ७७ लाख १६ हजार ९ सय ८५ रहेको छ ।

  • १७ आश्विन २०७८, आईतवार १६:४८ प्रकाशित