पोखरा ।
जनता समाजवादी पार्टीबाट बनेका सबै मन्त्री बर्खास्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले चार जना मन्त्रीलाई नै बिहिबार बर्खास्त गरेका हुन् ।
जसपाले ४ मंसिरमा हुने आम निर्वाचनका लागि नेकपा एमालेसँग तालमेल गरेसँगै मन्त्रीहरु बर्खास्तीमा परेका हुन् ।
प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका हुन् ।













