कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्कासन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका बागी उम्मेदवार निष्कासनमा परेका छन् । आगामी मंसिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासन गरेको हो ।

नेपाली कांग्रेसका मुख्ख सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिने व्यक्ति र उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिएको जानकारी गराएका छन् ।

  • २७ आश्विन २०७९, बिहीबार ०९:५६ प्रकाशित