काठमाडौं ।
जबरजस्ती करणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई आज पुन अदालत उपस्थित गराइने भएको छ । सन्दीपलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँने भएको हो ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो ।
गत सोमवार असोज २० गतेबाट लागू हुने गरी उनलाई ७ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो ।