कास्की ३ मा एमालेबाट बागी उठेका बास्तोलाले लिए उम्मेदवारी फिर्ता

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की-३ मा एमालेबाट बागी उम्मेदवारी दिएका जगन्नाथ बास्तोलाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

एमाले उम्मेदवार दामोदर पौडेल बैरागीविरुद्ध बास्तोलाले बागी उम्मेदवारी दर्ता गरेका थिए ।एमाले प्रदेश सचिवालय सदस्य बास्तोलाले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

  • २६ आश्विन २०७९, बुधबार १७:१४ प्रकाशित