नेकपा एसले गरायो २२ बागी उम्मेदवारको उम्मेदवारी फिर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले २२ बागी उम्मेदवारको उम्मेदवारी फिर्ता गराएको छ । समाजवादीले निर्वाचन आयोगलाई पत्र नै लेखेर विभिन्न निर्वाचन क्षेत्रमा पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी दिनेको उम्मेदवारी फिर्ता गराएको हो।

‘आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हाम्रो पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएका तपशिल बमोजिम निर्वाचन क्षेत्रहरुबाट उम्मेदवारहरूको उम्मेदवारी फिर्ता भएकाले यो सूचना दिइएको छ’, अध्यक्ष माधव नेपालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

  • २६ आश्विन २०७९, बुधबार १६:५९ प्रकाशित