पोखरा ।
कास्की क्षेत्रनम्बर २ मा नेपाली कांग्रेसका विद्रोही उम्मेदवार महादेव गुरुङलाई पार्टी सभापति शेरबहादुर देउवाले फोन गरेका छन् । गुरुङले गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिए पछि देउवाले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरेका हुन् ।
देउवाको फोन पछी गुरुङले सावधान खबरसंगको कुराकानीमा भने, तपाईलाई अवसर दिन्छु भन्नुभयो, मैले अवसर नखोजेको जवाफ दिए । देउवाले उम्मेदवारी फिर्ता नगरे कारवाही गर्ने चेतावनी दिएका छन् ।
कांग्रेसबाट २०५६ सालमा निर्वाचन जिते पछि राज्यमन्त्री समेत बनेका थिए । गुरुङले आफु बागी नभई पार्टीको विद्रोही उम्मेदवार रहेको दावी गर्छन । गुरुङले फिर्ता लिने समयसम्म आफ्नो उम्मेदवारी फिर्ता गरेनन् ।
कास्कीका राम्रो पहिचान भएका नेता हुन् गुरुङ । उनेको उम्मेदवारी कायम रहे गठबन्धनका उम्मेदवारलाई अप्ठ्यारो पर्न सक्छ । कास्की २ नेकपा एकिकृत समाजवादीको भागमा परेको छ । गठबन्धन्धनबाट समाजवादीका नेता श्रीनाथ बरालले उम्मेदवारी दिएका छन् ।
उनलाई चुनौती दिन नेकपा एमालेकी नेतृ विद्या भट्टराई चुनावी मैदानमा छन् ।













