मनाङ ‘ख’ मा दिपक मनाङे निर्विरोध निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।

मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट उम्मेदवारी दिएका राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भएका छन् ।

उक्त क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएसंगै मनाङे निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारा दत्त बडुले साबधान खबरलाई जानकारी दिए ।

‘स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका राजिव गुरुङको मात्र उम्मेदवारी कायम रहेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ ।’ उनले भने, ‘यसको औपचारिक घोषणा केही बेरमा गर्दै छौं ।’

सहायह निर्वाचन अधिकृत बडुले दोर्जेले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । दोर्जेले उम्मेदवारी फिर्ताका लागि बुधबार १० बजे निवेदन दिएका थिए ।

  • २६ आश्विन २०७९, बुधबार १३:३६ प्रकाशित