निर्वाचन कार्यतालिका : दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता र आजै चुनाव चिह्न

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले निर्वाचन कार्यतालिका अन्तर्गत आज उम्मेदवारको मनोनयन फिर्ताका लागि समय दिएको छ ।

आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको हो ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी गरेको छ । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरूले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् ।

  • २६ आश्विन २०७९, बुधबार ०८:५१ प्रकाशित