राष्ट्रपति भण्डारी अस्वस्थ, टिचिङमा स्वास्थ्य परिक्षण हुदैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएकी छन् । भण्डारीलाई स्वास्थ्य परिक्षणका लागि टिचिङ अस्पताल लगिएको छ ।

उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुखाखोकी लगायतका समस्या देखिएपछि उनको टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ ।

“भाइरल, रुखाखोकी हो । अहिले टिचिङ अस्पतालमा चेकजाँच हुँदैछ,” उनले भने ।

  • २२ आश्विन २०७९, शनिबार ११:५५ प्रकाशित