जकार्ता ।
इन्डोनेसियामा फुटबल खेलका क्रममा हिंसा भएको छ । हिंसामा परी १२९ को मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीले जनाएअनुसार खेलका क्रममा भएको हिंसामा करिब १२७ जनाको मृत्यु भएको हो ।
आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा १२९ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाएको छ ।
हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए भने भीड नियन्त्रण गर्न अधिकारीहरूले अश्रु ग्यास प्रहार गरेका थिए ।