राष्ट्रिय खेलकुदलाई सघाउने पोखरा महानगरको प्रतिबद्धता

केन्द्रभाग मिडिया

पोखरा ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य बनाउन पोखरा महानगरले सघाउने भएको छ ।

खेलकुद परिषद गण्डकी प्रदेशले प्रतियोगिताका बारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा मेयर धनराज आचार्यले यस्तो प्रतिबद्धता गरेका हुन् ।

महानगरले यातायात, होटल, सपिङ मल, खानेपानी, शौचालय लगायतका व्यवस्थापनका लागि सरोकारवालासँग बैठक बसेर छुट तथा सहुलियतका विषयमा आह्वान गर्ने प्रतिवद्धता जनाएका छन् ।

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगिताको हालसम्मको तयारीका विषयमा जानकारी गराए ।

उनले प्रतियोगितालाई मध्यनजर गरी खेल स्थलसम्म पहुँचका लागि सडक मर्मत तथा स्तरोन्नति, पोखरा महानगरपालिकाका विभिन्न नाकामा स्वागत तथा सहरका विभिन्न यात्रु प्रतीक्षालय लगायतका स्थान खेलकुदसँग सम्बन्धित सामाग्री डिस्प्ले बोर्ड राख्ने व्यवस्था, प्रतियोगिता स्थलमा डस्टबिनको व्यवस्था गरी दैनिक रुपमा सरसफाइ, मिडिया सेन्टरमा विद्युत तथा गुणस्तरीय इन्टरनेटको व्यवस्था गर्ने लगायतका विषयमा सहजीकरण गरिदिन आग्रह गरे ।

  • १४ आश्विन २०७९, शुक्रबार १५:२१ प्रकाशित